पोखरीमा डुबेर तेह्रथुममा तीन बालिकाको मृत्यु
तेह्रथुम, मंसिर २८ : पोखरीमा डुबेर तेह्रथुमको छथर गाउँपालिका–६ सुदापका तीन बालिकाको मृत्यु भएको छ।सुदापमा स्थानीय कृषक समूहले सिँचाइका लागि प्लास्टिकको पोखरी निर्माण...
तेह्रथुम, मंसिर २८ : पोखरीमा डुबेर तेह्रथुमको छथर गाउँपालिका–६ सुदापका तीन बालिकाको मृत्यु भएको छ।
सुदापमा स्थानीय कृषक समूहले सिँचाइका लागि प्लास्टिकको पोखरी निर्माण गरेको थियो। त्यसमा पौडी खेल्ने क्रममा तीन बालिका डुबेको जिल्ला प्रहरी कार्यालय, तेह्रथुमले जनाएको छ।
प्रहरीका अनुसार पोखरीमा डुबेर सुदापकी कोपिला लिम्बूका छोरीहरू सात वर्षीया रञ्जना र ६ वर्षीया रोजनी तथा देवेन्द्र लिम्बूकी छारी आठ वर्षीया सुहानाको मृत्यु भएको हो।
उनीहरु तिनै जना शनिबार दिउँसो घरबाट खेल्न निस्केका थिए। अबेर रातिसम्म घर नफर्केपछि खोजी भएको थियो।
तीनै जनाको पोखरीमा डुबेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ। उनीहरुको शव परीक्षणका लागि जिल्ला अस्पताल लगिएको छ।
प्रकाशित मिति: १५:३८ बजे, आइतबार, मंसिर २८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











