अमेरिकामा सोमबारबाट कोभिड-१९ विरुद्धको खोप लगाइने

काठमाडौं, मंसिर २८ : अमेरिकामा सोमबार (भोली) बाट कोभिड १९ विरुद्धको खोप लगाइने भएको छ ।
फाइजर र बायोएनटेक कम्पनीले बनाएका खोप भोलिदेखि लगाउन सुरु गरिने बीबीसीले जनाएको छ । खोपको पहिलो तीस लाख डोज छिट्टै नै सबै राज्यमा पुर्याइँदैछ ।
सुरुमा २ करोड १० लाख स्वास्थ्यकर्मी र स्याहारगृहमा बसिरहेका तीस लाख जेष्ठ नागरिकहरूलाई खोप दिइने तयारी छ । फाइजर र बायोएनटेक कम्पनीले बनाएका खोप ९५ प्रतिशत सुरक्षित मानिएको छ ।
अमेरिकाको खाद्य तथा औषधि विभागको सल्लाहकार समितिले कोरोना खोपलाई स्वीकृति दिएसँगै भोलिदेखि अमेरिकी नागरिकलाई खोप दिन लागिएको हो ।
यसअघि बेलायतमा यो खोपलाई स्वीकृति दिएसँगै खोप लगाउने कार्य सुरु भइसकेको छ भने क्यानडाले पनि स्वीकृति दिइसकेको छ ।
प्रकाशित मिति: १३:४१ बजे, आइतबार, मंसिर २८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












