प्रिमियर लिगमा एभर्टनले चेल्सीलाई हरायो
काठमाडौं, मंसिर २८ : इंग्लीश प्रिमियर लिग फुटबलमा एभर्टनले चेल्सीलाई हराएको छ ।गएराती सम्पन्न खेलमा एभर्टनलाई विजयी गराउन गिल्फी सिगुर्डसनले पेनाल्टीमार्फत निर्णायक गोल...
काठमाडौं, मंसिर २८ : इंग्लीश प्रिमियर लिग फुटबलमा एभर्टनले चेल्सीलाई हराएको छ ।
गएराती सम्पन्न खेलमा एभर्टनलाई विजयी गराउन गिल्फी सिगुर्डसनले पेनाल्टीमार्फत निर्णायक गोल गरे । हारसँगै चेल्सीले प्रिमियर लिगको शिर्ष स्थानमा उक्लिने अवसर गुमाएको हो ।
गएराति नैं भएको अर्को खेलमा म्यानचेस्टर युनाइटेड र म्यानचेस्टर सिटीले गोलरहित बराबरी खेल्दै एक एक अंक बाडेका छन् ।
प्रिमियर लिगकै अन्य खेलहरुमा न्युकासल युनाईटेडले वेष्ट ब्रोमलाई २–१ ले हराउँदा एस्टन भिल्लाले वुल्भरह्याम्पटन वान्डरर्समाथि १–० को जित निकालेको छ ।
प्रकाशित मिति: १३:१९ बजे, आइतबार, मंसिर २८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











