भारतमा थपिए थप २७ हजार कोरोना संक्रमित
काठमाडौ, मंसिर २८ : भारतमा थप २७ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।२ महिनायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४...
काठमाडौ, मंसिर २८ : भारतमा थप २७ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
२ महिनायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा २७ हजार १८२ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या ९८ लाख ५४ हजार २०८ पुगेको छ ।
संक्रमितमध्ये अहिलेसम्म ९३ लाख ५३ हजार ४६ जना संक्रमणमुक्त भएका छन् । यस्तै त्यहाँ संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ४२ हजार नाघेको छ ।
पछिल्लो २४ घण्टामा थप ३३२ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ४२ हजार ९९४ पुगेको हो ।
प्रकाशित मिति: १३:०२ बजे, आइतबार, मंसिर २८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











