Kathmandu Press

फाइजरको खोप लगाउन अमेरिकाले दियो अनुमति, केही दिनमै १० लाखले खोप लगाउने

अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए) ले फाइजर र बायोएनटेकले बनाएको कोरोना भाइरसविरूद्ध खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको हो।
फाइजरको खोप लगाउन अमेरिकाले दियो अनुमति, केही दिनमै १० लाखले खोप लगाउने

काठमाडौं, मंसिर २७: अमेरिकाले फाइजरले उत्पादन गरेको कोरोनाविरुद्धको खोपलाई सर्वसाधारणमा लगाउन अनुमति दिएको छ। 

अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए) ले फाइजर र बायोएनटेकले बनाएको कोरोना भाइरसविरूद्ध खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको हो।

अनुमति पाएसँगै १० लाख मानिसलाई केही दिनभित्रै उक्त खोप लगाउने तयारी भएको छ। अमेरिकी स्वास्थ्यमन्त्री एलेक्स अजारले फाइजरसँग मिलेर सोमबार वा मंगलबारदेखि खोप कार्यक्रम सुरू गर्ने बताएका छन्।

फाइजरको खोपलाई सार्वसाधरणमा लगाउन अनुमति दिने अमेरिका छैटौँ मुलुक हो। यसअघि बेलायत, क्यानडा, बहराइन, मेक्सिको र साउदी अरेबियाले उक्त खोपको अनुमति दिइसकेका छन्।

अमेरिकामा कोरोना संक्रमणबाट अहिलेसम्म दुई लाख ९० हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ। 

फाइजरले डिसेम्बर अन्तिमसम्ममा २ करोड ५० लाख डोज खोप अमेरिकालाई उपलब्ध गराउन सक्ने जनाएको छ। यो खोप तीन हप्ताभित्रमा दुई डोज लगाउनु पर्ने हुन्छ। खोपलाई माइनस ७० डिग्री तापक्रममा भण्डार गर्नुपर्ने हुन्छ।

-न्यूयोर्क टाइम्सबाट 

प्रकाशित मिति: १९:२६ बजे, शनिबार, मंसिर २७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्