Kathmandu Press

कांग्रेस पूर्वमहामन्त्री कृष्ण सिटौलालाई कोरोना संक्रमण

काठमाडौं, मंसिर २७ : नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई कोरोना संक्रमण भएको छ। सिटौलालाई शनिबार बिहान कोरोना संक्रमण पुष्टि भएको हो।  शुक्रबार साँझ ह्याम्स...
कांग्रेस पूर्वमहामन्त्री कृष्ण सिटौलालाई कोरोना संक्रमण

काठमाडौं, मंसिर २७ : नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई कोरोना संक्रमण भएको छ। 

सिटौलालाई शनिबार बिहान कोरोना संक्रमण पुष्टि भएको हो।  शुक्रबार साँझ ह्याम्स अस्पतालमा स्वाब परीक्षण गराएका सिटौलाको रिर्पोट शनिबार बिहान पोजेटिभ आएको उनका सहयोगी किरण सिटौलाले जानकारी दिए।

उनका अनुसार नेता सिटौलाको स्वास्थ्य सामान्य छ। ‘हिजो साँझ स्वाब परीक्षण गराउनु भएको थियो। आज बिहान आएको रिपोर्टमा नतिजा पोजेटिभ छ,’ सिटौलाका सहयोगी किरणले भने,‘स्वास्थ्यमा कुनै समस्या छैन। उहाँ होम आइसोलेसनमै बस्नु भएको छ।’

कोरोना संक्रमण पुष्टि भएपछि सिटौला शनिबार बिहान बोलाइएको पार्टीको आकस्मिक बैठकमा पनि अनुपस्थित भएका थिए।
 

प्रकाशित मिति: १७:२९ बजे, शनिबार, मंसिर २७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्