Kathmandu Press

राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्कालाई कोरोना संक्रमण

काठमाडौं, मंसिर २६ : नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्कालाई कोरोना संक्रमण भएको छ। खड्काले आफूमा कोरोना संक्रमण भएको फेसबुकमार्फत पुष्टि गरेका छन्।...
राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्कालाई कोरोना संक्रमण

काठमाडौं, मंसिर २६ : नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्कालाई कोरोना संक्रमण भएको छ। 

खड्काले आफूमा कोरोना संक्रमण भएको फेसबुकमार्फत पुष्टि गरेका छन्। खड्काले आफूले शुक्रबार बिहान पीसीआर परीक्षण गराएको र रिपोर्ट पोजेटिभ आएको बताएका छन्। कोरोनाको लक्षण देखिएपनि आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताएका छन्।

उनले आफू होम आइसोलेसनमा बसिरहेको पनि बताएका छन्। कोरोना संक्रमण पुष्टि भएपछि खड्काले शनिबारदेखि चितवनमा सञ्चालन हुने गौतम वुद्ध कप क्रिकेट प्रतियोगिता पनि गुमाउने छन्। 

 

प्रकाशित मिति: ०१:४५ बजे, शनिबार, मंसिर २७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्