Kathmandu Press

काठमाडौं उपत्यकामा थपिए ५४१ जना कोरोना संक्रमित

काठमाडौं,  मंसिर २६ : काठमाडौं उपत्यकामा थप ५४१   जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा काठमाडौंमा उपत्यकामा थप ५४१ जनामा...
काठमाडौं उपत्यकामा थपिए ५४१ जना कोरोना संक्रमित
फाइल तस्वीर।

काठमाडौं,  मंसिर २६ : काठमाडौं उपत्यकामा थप ५४१   जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

पछिल्लो २४ घण्टामा काठमाडौंमा उपत्यकामा थप ५४१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार काठमाडौंमा ४०२, भक्तपुरमा ३४ र ललितपुरमा १०५ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।
यस्तै, शुक्रबार नेपालमा थप १०४४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४६ हजार ६९४  पुगेको छ भने अहिलेसम्म २ लाख ३२ हजार ८७२ जना संक्रमणमुक्त भएका छन्।

यस्तै,  पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म मृत्यु हुनेको संख्या १६७४ पुगेको छ। 

स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार १२७१ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन्।
 

प्रकाशित मिति: २१:५८ बजे, शुक्रबार, मंसिर २६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्