थप १०४४ जनामा कोरोना संक्रमण, १२७१ जना डिस्चार्ज
नेपालमा थप १०४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
काठमाडौं, मंसिर २६ : नेपालमा थप १०४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
शुक्रबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १०४४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४६ हजार ६९४ पुगेको छ भने अहिलेसम्म २ लाख ३२ हजार ८७२ जना संक्रमणमुक्त भएका छन्।
यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म मृत्यु हुनेको संख्या १६७४ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार १२७१ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन्।
प्रकाशित मिति: २१:४९ बजे, शुक्रबार, मंसिर २६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











