Kathmandu Press

कोरोनाविरुद्धको खोप ल्याउनेबारे उपप्रधानमन्त्री पोखरेलले गरे मन्त्रीहरूसँग छलफल

काठमाडौं, मंसिर २६ : उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोना भाइरसविरुद्धको खोप ल्याउने विषयमा मन्त्रीहरुसँग छलफल गरेका छन्। कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) का निर्देशक समितिका...
कोरोनाविरुद्धको खोप ल्याउनेबारे उपप्रधानमन्त्री पोखरेलले गरे मन्त्रीहरूसँग छलफल

काठमाडौं, मंसिर २६ : उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोना भाइरसविरुद्धको खोप ल्याउने विषयमा मन्त्रीहरुसँग छलफल गरेका छन्। 

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) का निर्देशक समितिका संयोजकसमेत रहेका पोखरेलले शुक्रबार सिंहदरबारमा गृह, अर्थ, परराष्ट्र, सामान्य प्रशासन, स्वास्थ्य, पर्यटनमन्त्री, मुख्यसचिव र सचिवहरुसँग छलफल गरेका हुन्।

छलफलमा जनतालाई समयममै निःशुल्क कोरोनाविरुद्धकोखोज उपलव्ध गराउनेबारे छलफल भएको बताइएको छ। 

बैठकमा सीमामा हेल्थ डेस्क स्थापना गर्ने गरी उपचारका निम्ति चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई आवश्यकता अनुसार करार सेवामा नियुक्त गर्ने बारेमा पनि छलफल भएको थियो।

साथै, कोभिड नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीको भत्ता सम्बन्धमा देखा परेका केही व्यवहारिक कठिनाइका सम्बन्धमा पनि छलफल भएको थियो।

प्रकाशित मिति: २१:०५ बजे, शुक्रबार, मंसिर २६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्