सरकारविरुद्धको प्रदर्शनमा देशको मुख्य सहरहरुबाट कांग्रेसका शीर्ष नेताहरुले सम्बोधन गर्ने
काठमाडौं, मंसिर २६ : नेपाली कांग्रेसले मंसिर २९ गते गर्ने प्रदर्शनमा शीर्ष नेताहरूले देशका मुख्य सहरहरुबाट सम्बोधन गर्ने भएका छन्।कांग्रेसले देशभरबाट एकैसाथ देशमा...
काठमाडौं, मंसिर २६ : नेपाली कांग्रेसले मंसिर २९ गते गर्ने प्रदर्शनमा शीर्ष नेताहरूले देशका मुख्य सहरहरुबाट सम्बोधन गर्ने भएका छन्।
कांग्रेसले देशभरबाट एकैसाथ देशमा भ्रष्टाचार बढेको, कोरोना नियन्त्रण गर्न सरकार असफल रहेको र मंसिर १७ गते प्रहरीले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि गरेको प्रवृत्तिविरूद्ध आन्दोलन गर्ने भएको हो।
आन्दोलनकोलागि कांग्रेसले केन्द्रबाटै दश वटा नारा तय गरि परिपत्र गरेको छ। ‘चारैतिर भ्रष्टाचार, जनताले चिन्यो ओली सरकार, जनता कोरोनाको मारमा नेकपा सत्ताको जितहारमा, औषधि छैन मल छैन सत्ताको लडाइँ, लाज छैन, बढ्यो महिला हिंसा र बलात्कार, अकर्मण्य भो ओली सरकार’ लगायत नारा केन्द्रबाटै तय गरिएका छन्।
प्रदर्शनका क्रममा केन्द्रले तोकेको बाहेकअन्य नारा प्रयोग गर्न पाइने छैन।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार सभापति शेरबहादुर देउवाले हेटौंडाको प्रदर्शनलाई सम्बोधन गर्ने कार्यक्रम छ।
त्यस्तै, वरिष्ठ नेता रामचन्द्र पौडेलले काठमाडौं, उपसभापति विमलेन्द्र निधिले भक्तपुर, महामन्त्री शशांक कोइरालाले विराटनगर, कोषाध्यक्ष सीतादेवी यादवले ललितपुरको कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।
यस्तै सहमहामन्त्री प्रकाशशरण महतले झापा, पूर्वउपसभापति गोपालमान श्रेष्ठले काभ्रे, पूर्वमहामन्त्री प्रकाशमान सिंहले धनुषाको कार्यक्रम सम्बोधन गर्नेछनर
मुख्यसचिव पौडेलले पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले महोत्तरी, नेताहरू चित्रलेखा यादवले सप्तरी, रामशरण महतले चितवन र अर्जुननरसिंह केसी पोखरामा हुने कार्यक्रममा सहभागी हुनेछन्।
त्यस्तै, केन्द्रीय सदस्य गगन थापाले कैलाली, प्रदीप पौडेलले कञ्चनपुर, एनपी साउदले अछामबाट सम्बोधन गर्नेछन्।
जिल्ला सभापतिको माग अनुसार केन्द्रीय सदस्यहरू प्रदर्शनमा सहभागी हुने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ।











