Kathmandu Press

बलात्कारको मुद्दा मिलाएको आरोपमा ६ जना पक्राउ

काठमाडौं, मंसिर २६ : मोरङमा बलात्कारमा मुद्दा मिलाएको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। जबरजस्ती करणी मुद्दा पाँच लाख रुपैयाँमा मिलापत्र गराएको भन्दै...
बलात्कारको मुद्दा मिलाएको आरोपमा ६ जना पक्राउ

काठमाडौं, मंसिर २६ : मोरङमा बलात्कारमा मुद्दा मिलाएको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। 

जबरजस्ती करणी मुद्दा पाँच लाख रुपैयाँमा मिलापत्र गराएको भन्दै मोरङ धनपालथान गाउँपालिका ५ का धनेशु खवास, सुधारसिंह खवास, मागन खवास, कलकनु खवास, रंगेली नगरपालिका वडा नं १ का जगतनारायण खवास र बेलबारी नगरपालिका वडा नं  ८ का ५३ को मथालु खवासलाई प्रहरीले पक्राउ गरेको हो।

भदौ २४ गते मोरङ धनपालथान गाउँपालिका ५ स्थित खेतमा मल छर्ने क्रममा बेलबारी नगरपालिका ८ का ३२ वर्षीय सुरेश खवासले २१ वर्षीय युवतीलाई बलात्कार गरेका थिए। 

उनीहरूलाई प्रहरीले बिहीबार घरैबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। 

घटनाको एक महिनापछि इलाका प्रहरी कार्यालय रंगेलीमा जाहेरी परेपछि फरार रहेका खवासले फरार रहेकै अवस्थामा मिलापत्र गराएको बुझिएको छ।

प्रहरीले मिलापत्रको कागजसमेत बरामद गरेको छ।

प्रकाशित मिति: १८:५३ बजे, शुक्रबार, मंसिर २६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्