Kathmandu Press

बोलेरो बिजुलीको पोलमा ठोक्किदा दुईको मृत्यु, १८ घाइते

चितवन, मंसिर २६ : चितवनमा बोलेरो बिजुलीको पोलमा ठोक्किदा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन्।आज बिहान...
बोलेरो बिजुलीको पोलमा ठोक्किदा दुईको मृत्यु, १८ घाइते
चितवन मेडिकल कलेजमा उपचाररत घाइते। तस्बिर : रासस

चितवन, मंसिर २६ : चितवनमा बोलेरो बिजुलीको पोलमा ठोक्किदा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन्।

आज बिहान चितवनको ईच्छाकामना गाउँपालिका ६ जलबिरेस्थित सडकमा चण्डिभञ्जाङबाट राजमार्गतर्फ आइरहेको ना ४ च ५०५० नम्बरको बोलेरो बिजुलीको पोलमा ठोक्किएको हो। अनियन्त्रित भएर दुर्घटना दुई जनाको मृत्यु भएको र १८ जना घाइते भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय, चितवनका डिएसपी सूर्य थापाका अनुसार बोलेरो सडक छेउको बिजुलीको पोलमा ठोक्किदा करेन्ट सर्ट भएकाे थियो। दुई जनाको घटनास्थलमै मृत्यु भएको उनले बताए। मृतकको सनाखत हुन सकेको छैन।

दुर्घटनामा घाइते भएकामध्ये १३ जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। तीनजनाको अवस्था गम्भीर रहेको चितवन मेडिकल कलेजका अप्रेसन म्यानेजर पारस अधिकारीले बताए।

घाइते अन्य पाँचजनाको  पुरानो मेडिकल कलेजमा उपचाररत भइरहेको छ। एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
घटनाको विस्तृत वितरण आउन बाँकी छ। घटनास्थलमा प्रहरी टोली खटिएको छ।

प्रकाशित मिति: १७:५९ बजे, शुक्रबार, मंसिर २६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्