Kathmandu Press

राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षकको राजीनामा स्वीकृत

काठमाडौं, मंसिर २६ : नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक योहान कालिनले आफ्नो पदबाट दिएको राजीनामा स्वीकृत गरिएको छ।उनले कात्तिक १ गतेदेखि लागू...
राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षकको राजीनामा स्वीकृत

काठमाडौं, मंसिर २६ : नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक योहान कालिनले आफ्नो पदबाट दिएको राजीनामा स्वीकृत गरिएको छ।

उनले कात्तिक १ गतेदेखि लागू हुने गरी मुख्य प्रशिक्षकबाट राजीनामा दिएका थिए। बिहीबार बसेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को बैठकले कालिनको राजीनामा स्वीकृत गरेको प्रवक्ता किरण राईले बताए।

हाललाई बालगोपाल महर्जनलाई निमित्त प्रमुख प्रशिक्षकमा नियुक्त गरिएको छ।

कालिन सन् २०१९ मार्च १ मा नेपाली फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका थिए। उनको प्रशिक्षणमा नेपालले ११ खेल खेलेको थियो।

कोरोना महामारीपछि कालिन गत वर्ष चैत १४ गते स्वीडेन फर्किएका थिए। त्यसपछि उनी नेपाल आएका छैनन्। उनले स्वीडेनबाटै राजीनामा दिएको एन्फाले जनाएको छ।

प्रकाशित मिति: १७:१९ बजे, शुक्रबार, मंसिर २६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्