Kathmandu Press

भेन्टिलेटरमा रहेका कोरोना संक्रमित वृद्धको मृत्यु

धनगढी, मंसिर २६ : कोरोना भाइरसको संक्रमणबाट धनगढीमा एक जना वृद्धको मृत्यु भएको छ।धनगढीस्थित सेती प्रादेशिक अस्पतालको कोरोना अस्थायी अस्पतालमा ७३ वर्षीय वृद्धको...
भेन्टिलेटरमा रहेका कोरोना संक्रमित वृद्धको मृत्यु

धनगढी, मंसिर २६ : कोरोना भाइरसको संक्रमणबाट धनगढीमा एक जना वृद्धको मृत्यु भएको छ।

धनगढीस्थित सेती प्रादेशिक अस्पतालको कोरोना अस्थायी अस्पतालमा ७३ वर्षीय वृद्धको मृत्यु भएको हो। कोभिड अस्थायी अस्पतालको भेन्टिलेटरमा उपचाररत कञ्चनपुरको भीमदत्त नगरपालिका–१ का वृद्धको मृत्यु भएको अस्पतालले जनाएको छ।  

उनलाई मंसिर २४ गते कोरोना संक्रमण पुष्टि भएको थियो। श्वासप्रश्वसामा समस्या भएपछि त्यहि दिन अस्पताल भर्ना गरिएको थियो।

उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। उपचारका क्रममा गएराति मृत्यु भएको अस्पतालले जनाएको छ।

प्रकाशित मिति: १६:३८ बजे, शुक्रबार, मंसिर २६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्