Kathmandu Press

विवाह पञ्चमी : कोरोनाका कारण अयोध्याबाट जन्ती नआउने

जनकपुर, मंसिर २६ : कोरोना भाइरसको महामारीका कारण विवाह पञ्चमी पनि प्रभावित हुने भएको छ। यस वर्ष अयोध्याबाट जन्ती नआउने जनाएको छ।विवाह पञ्जमीको...
विवाह पञ्चमी : कोरोनाका कारण अयोध्याबाट जन्ती नआउने

जनकपुर, मंसिर २६ : कोरोना भाइरसको महामारीका कारण विवाह पञ्चमी पनि प्रभावित हुने भएको छ। यस वर्ष अयोध्याबाट जन्ती नआउने जनाएको छ।

विवाह पञ्जमीको एक साता मात्रै बाँकी रहँदा पनि जनकपुरधाममा कुनै चहलपहल छैन। स्थानीय स्तरमा पनि खासै तयारी गरिएको छैन। जानकी मन्दिरका महन्थ रामतपेश्वर दासका अनुसार यस वर्ष सिमित रुपमा मनाइने भएको छ।

विवाह पञ्चमी पुस ४ गते परेको छ। यस अवसरमा साताव्यापी कार्यक्रमत तय गरिएको छ। जसमा मंसिर २९ गते जनकपुर नगर दर्शन, ३० गते फूलबारी लिला, पुस १ गते धनुष यज्ञ, पुस २ गते तिलकोत्सव, ३ गते मटकोर, ४ गते शुभ विवाह र ५ गते रामकलेबा विधि गरिने दासले बताए।

विवाह पञ्चमीमा भारतको अयोध्याबाट सधै जन्ती आउने गरेको थियो। यस वर्ष भने नआउने भएको छ। जन्ती आउनेबारे अहिलेसम्म कुनै खबर नआएको दासले बताए।

कोरोनाका कारण गत चैतदेखि नेपाल भारत सीमा बन्द रहेको छ। जसले गर्दा अयोध्याबाट जन्ती आउने सम्भावना नरहेको उनले बताए।

 

प्रकाशित मिति: १६:०४ बजे, शुक्रबार, मंसिर २६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्