कोभिड १९ : अमेरिकी विज्ञहरूद्वारा फाइजरको खोप स्वीकृति दिन सिफारिस
काठमाडौं, मंसिर २६ : अमेरिकी खाद्य तथा औषधि नियामक एफडिएलाई सुझाव दिने चिकित्सा विज्ञहरूले फाइजर बायोएनटेकको कोरोनाभाइरस खोपलाई आपत्कालिन रूपमा प्रयोग गर्न सकिनेगरी...
काठमाडौं, मंसिर २६ : अमेरिकी खाद्य तथा औषधि नियामक एफडिएलाई सुझाव दिने चिकित्सा विज्ञहरूले फाइजर बायोएनटेकको कोरोनाभाइरस खोपलाई आपत्कालिन रूपमा प्रयोग गर्न सकिनेगरी समर्थन जनाएका छन्।
सो खोपको गुणदोष केलाउन विज्ञहरूको २३ सदस्यिय उक्त दलले बैठक गरेपछि त्यस्तो निर्णय आएको हो। फाइजरको खोप सर्वसाधारणका लागि लगाउन यूके, क्यानाडा, बहराइन र साउदी अरबले स्वीकृति दिइसकेका छन्। तर उक्त खोपलाई एफडिएका खोप प्रमुखले औपचारिक स्वीकृति दिने काम बाँकी छ जुन आउँदा केही दिनमा हुने अपेक्षा गरिएको छ।
खोपबारे विज्ञहरूको सिफारिस अमेरिकामा एकैदिन तीन हजार बढिले कोरोनाभाइरस जोडिएका घटनामा ज्यान गुमाएको भोलिपल्ट आएको हो। एकैदिन मृत्युको त्यस्तो सङ्ख्या विश्वमै अहिलेसम्मको उच्च हो।
एफडिएको उक्त बैठकपछि अमेरिकी स्वास्थ्य मन्त्री एलेक्स एजारले भनेका छन्, त्यसो भए अब हामीले केही दिनमै खोप पाउनेछौँ र अर्को साताबाट सबैभन्दा बढ्ता जोखिममा रहेकाहरूलाई दिन थाल्नेछौँ।
सङ्घीय सरकारको खोप वितरण कार्यक्रम अपरेसन र्याप स्पीडले खोप स्वीकृत भएको २४ घण्टामै खोप वितरण सुरु हुने जनाएको छ।











