Kathmandu Press

कोरोना भाइरस संक्रमितको संख्या ७ करोड नाघ्यो 

काठमाडौं, मंसिर २६ : कोरोना भाइरसको संक्रमण फैलिएको एक वर्ष वित्दा विश्वभर संक्रमितको संख्या ७ करोड नाघेको छ ।पछिल्लो २४ घण्टामा ६ लाख...
कोरोना भाइरस संक्रमितको संख्या ७ करोड नाघ्यो 

काठमाडौं, मंसिर २६ : कोरोना भाइरसको संक्रमण फैलिएको एक वर्ष वित्दा विश्वभर संक्रमितको संख्या ७ करोड नाघेको छ ।

पछिल्लो २४ घण्टामा ६ लाख ६१ हजार ८०६ जनामा संक्रमण पुष्टि भएसँगै विश्वभर संक्रमित संख्या ७ करोड ६ लाख ८३ हजार नाघेको छ । यो समाचार तयार पार्दासम्म विश्वमा कोरोनाबाट ज्यान गुमाउनको संख्या १५ लाख ८७ हजार ४८६ पुगेको छ ।

Hardik ivf

बितेको २४ घण्टामा १२ हजार ५४६ जना संक्रमितको मृत्यु भएको वर्ल्डोमिटर्सले जनाएको छ । अहिलेसम्म ४ करोड ९१ लाख ३० हजार ७७ जना संक्रमणमुक्त भएका छन्। हाल विश्वमा १ करोड ९९ लाख ६५ हजार ८५० सक्रिय संक्रमित छन्।

तीमध्ये १ लाख ६ हजार ८२२ जना गम्भीर बिरामी छन्। सबैभन्दा धेरै संक्रमण फैलिएको अमेरिकामा संक्रमित संख्या १ करोड ६० लाख नाघेको छ ।

त्यहाँ अहिलेसम्म २ लाख ९९ हजारभन्दा बढी संक्रमितले ज्यान गुमाएका छन्।

प्रकाशित मिति: १४:०३ बजे, शुक्रबार, मंसिर २६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्