डिआइजी विश्वराज पोखरेल एआइजीमा बढुवा
काठमाडौं, मंसिर २६ : सरकारले प्रहरी नायब महानिरीक्षक (डिआइजी) मा विश्वराज पोखरेललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा गरेको छ ।मन्त्रिपरिषद्को बुधबारको बैठकले उनलाई...
काठमाडौं, मंसिर २६ : सरकारले प्रहरी नायब महानिरीक्षक (डिआइजी) मा विश्वराज पोखरेललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा गरेको छ ।
मन्त्रिपरिषद्को बुधबारको बैठकले उनलाई एआइजीमा बढुवा गरेको सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिए ।
सरकारले केही समयअघि नेपाल प्रहरीको सङ्गठनमा पाँच प्रहरी नायब महानिरीक्षक (डिआइजी) र एक एआइजीको दरबन्दी थप गरेको थियो ।
अघिल्लो हप्ता गृह मन्त्रालयले एआइजीमा बढुवाका लागि डिआइजी पोखरेलको नाम सिफारिस गरेको थियो ।
प्रकाशित मिति: १२:५९ बजे, शुक्रबार, मंसिर २६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











