Kathmandu Press

भारतमा थपिए ३४ हजार कोरोना संक्रमित

काठमाडौ, मंसिर २६ : भारतमा थप ३४ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।पछिल्ला महिना संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४...
भारतमा थपिए ३४ हजार कोरोना संक्रमित

काठमाडौ, मंसिर २६ : भारतमा थप ३४ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्ला महिना संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा ३२ हजार ६६६ जनामा संक्रमण पुष्टि भएको हो । यो वृद्धिसँगै संक्रमितको संख्या ९७ लाख ९६ हजार ९९२ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ९२ लाख ९० हजार १८८ जना संक्रमणमुक्त भएका छन् । यस्तै त्यहाँ संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ४२ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा थप ४८७ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ४२ हजार २२२  पुगेको हो ।

प्रकाशित मिति: १२:४३ बजे, शुक्रबार, मंसिर २६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्