Kathmandu Press

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि राप्रपाका सांसद लिङ्देनलाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याइयो

काठमाडौं, मंसिर २५ : बिरामी परेपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा सांसद राजेन्द्र लिङ्देनलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको छ। श्वासप्रश्वासमा समस्या देखिएपछि उनी मंसिर...
कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि राप्रपाका सांसद लिङ्देनलाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याइयो

काठमाडौं, मंसिर २५ : बिरामी परेपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा सांसद राजेन्द्र लिङ्देनलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको छ। 

श्वासप्रश्वासमा समस्या देखिएपछि उनी मंसिर २२ गतेदेखि झापाको बीएण्डसी अस्पतालको आईसीयूमा उपचाररत थिए। उनलाई निमोनिया भएको अस्पतालले जनाएको छ। 

बुधबार गरिएकाे उनको कोरोना परीक्षणको रिपोर्ट भने नेगेटिभ आएको छ। कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएकाले उनको बिहीबार पुन स्वाब परीक्षणको लागि संकलन गरिएको छ। 

उनलाई काठमाडौंको मेडिसिटी अस्पतालमा उपचारको लागि ल्याइदै गरेको उनका स्वकीय सचिव  छत्र कडायतले बताए।

उनी मंसिर २० गते झापामा भएको राजतन्त्रको पक्षको आन्दोलनमा सहभागी भएका थिए।

प्रकाशित मिति: ०१:११ बजे, शुक्रबार, मंसिर २६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्