कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु
काठमाडौं, मंसिर २५ : कोरोना संक्रमणबाट देशभर थप १२ जनाको मृत्यु भएको छ। योसहित कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६६३ पुगेको स्वास्थ्य तथा जनसंख्या...
काठमाडौं, मंसिर २५ : कोरोना संक्रमणबाट देशभर थप १२ जनाको मृत्यु भएको छ।
योसहित कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६६३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
बिहीबारसम्म देशभर १२ हजार ३८६ जना सक्रिय संक्रमित रहेका छन्।
संक्रमितमध्ये गम्भीर अवस्थाका ३०९ जनाको आइसियू र ५७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ।
नेपालमा संक्रमित मृत्यु हुने दर ०.६८ प्रतिशत रहेको छ।
त्यस्तै, देशभर बिहीबार १२१७ जना संक्रमित थपिएका छन्। योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ४५ हजार ६५० पुगेको छ।
त्यस्तै, यो अवधिमा १०६४ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्। योसहित कोरोनामुक्त हुनेको संख्या दुई लाख ३१ हजार ६०१ पुगेको छ।
प्रकाशित मिति: २२:१४ बजे, बिहीबार, मंसिर २५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











