Kathmandu Press

उपत्यकामा थपिए ४०४ जना कोरोना संक्रमित

काठमाडौं, मंसिर २५ : काठमाडौं उपत्यकामा बिहीबार ४०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।उपत्यकाको तीन जिल्लामध्ये काठमाडौंमा ३२८ जना, ललितपुरका ५१ जना र...
उपत्यकामा थपिए ४०४ जना कोरोना संक्रमित

काठमाडौं, मंसिर २५ : काठमाडौं उपत्यकामा बिहीबार ४०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

उपत्यकाको तीन जिल्लामध्ये काठमाडौंमा ३२८ जना, ललितपुरका ५१ जना र भक्तपुरका २५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

त्यस्तै, देशभर बिहीबार १२१७ जना संक्रमित थपिएका छन्। 

योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ४५ हजार ६५० पुगेको छ।

त्यस्तै, यो अवधिमा १०६४ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्। योसहित कोरोनामुक्त हुनेको संख्या दुई लाख ३१ हजार ६०१ पुगेको छ। 

बिहीबारसम्म देशभर १२ हजार ३८६ जना सक्रिय संक्रमित रहेका छन्। 

प्रकाशित मिति: २२:१० बजे, बिहीबार, मंसिर २५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्