थप १२१७ जनामा कोरोना संक्रमण पुष्टि, १०६४ जना निको भए

काठमाडौं, मंसिर २५ : नेपालका बिहाीबार थप १२१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६२३२ जनामा गरिएको परीक्षणमा १२१७ जनामा संक्रमण पुष्टि भएको हो।
योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ४५ हजार ६५० पुगेको छ।
त्यस्तै, यो अवधिमा १०६४ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्। योसहित कोरोनामुक्त हुनेको संख्या दुई लाख ३१ हजार ६०१ पुगेको छ।
बिहीबारसम्म देशभर १२ हजार ३८६ जना सक्रिय संक्रमित रहेका छन्।
प्रकाशित मिति: २२:०६ बजे, बिहीबार, मंसिर २५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











