Kathmandu Press

भाजपाका विदेश विभाग प्रमुख चौथाइवा र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

काठमाडौं, मंसिर २५ : भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख विजय चौथाइवाले नेपाल भ्रमणमा आएका छन्। नेपाल कम्युनिष्ट पार्टीको...
भाजपाका विदेश विभाग प्रमुख चौथाइवा र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

काठमाडौं, मंसिर २५ : भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख विजय चौथाइवाले नेपाल भ्रमणमा आएका छन्। नेपाल कम्युनिष्ट पार्टीको विदेश विभागको निमन्त्रणामा उनी नेपाल आएका हुन्।

उनले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटघाट गरेका छन्। भारतीय विदेश सचिव नेपालको भ्रमण सम्पन्न गरेर फर्केको दुई हप्ता बित्न नपाउँदै नेपाल आएका चौथाइवासँग दुई देशको बीचमा जनस्तरमा रहेको सम्बन्धलाई सुदढ बनाउने विषयमा कुराकानी भएको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले बताए।

प्रकाशित मिति: २१:४१ बजे, बिहीबार, मंसिर २५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्