कोरोना संक्रमणबाट कास्कीमा थप चार जनाको मृत्यु
काठमाडौं, मंसिर २५ : कोरोना संक्रमणको कारण कास्कीका थप चार जनाको मृत्यु भएको छ। पोखराको विभिन्न अस्पतालमा उपचाररत चार जनाको बुधबार र बिहीबार...
काठमाडौं, मंसिर २५ : कोरोना संक्रमणको कारण कास्कीका थप चार जनाको मृत्यु भएको छ। पोखराको विभिन्न अस्पतालमा उपचाररत चार जनाको बुधबार र बिहीबार मृत्यु भएको हो।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा महानगरपालिका १० का ८१ वर्षीय पुरुषको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। उनको बिहीबार बिहान मृत्यु भएको हो।
त्यस्तै, पोखराको चरक मेमोरियल अस्पतालमा उपचाररच तनहुँको शुक्लागण्डकी नगरपालिका ८ का ७४ वर्षीय पुषको पनि मृत्यु भएको छ। उपचारको क्रममा उनको बिहीबार बिहान मृत्यु भएको हो।
त्यस्तै, पोखराको फिस्टेल अस्पतालमा पोखरा महानगरपालिका १३ का ५१ वर्षीय पुरुषको मृत्यु भएको छ। बुधबार बिहान उपचारको क्रममा उनको मृत्यु भएको हो। साथै, पोखरा महानगरपालिका ७ का ६५ वर्षीय पुरुषको बुधबार साँझ मृत्यु भएको हो।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८० पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।











