शिक्षक हत्यामा संलग्नलाई कारबाही गर्न कांग्रैसको माग
काठमाडौं, मंसिर २५ : प्रमुख विपक्षी नेपाली कांग्रेसले मोरङमा विप्लव समूहले मंगलबार गरेको शिक्षक हत्याको विरोध गरेको छ।बिहीबार बसेको कांग्रेस पदाधिकारी र पूर्व...
काठमाडौं, मंसिर २५ : प्रमुख विपक्षी नेपाली कांग्रेसले मोरङमा विप्लव समूहले मंगलबार गरेको शिक्षक हत्याको विरोध गरेको छ।
बिहीबार बसेको कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकले हत्यामा संलग्नहरुलाई कारबाही गर्न माग गरेको हो।
‘व्यक्ति हत्या २०२७/०२८ सालमा एउटा कम्युनिष्ट पार्टीले गरेको होस् वा ०५७/०५८ तिर अर्को कम्युनिष्ट पार्टीले गरेको होस् वा अहिले अर्को कम्युनिष्ट पार्टीले गर्ने प्रयास गरेको छ। व्यक्ति हत्याको राजनीति हिजो पनि गलत छ,आज पनि गलत छ। घटनामा संलग्नलाई कडा कारबाही गर्नुपर्छ।’ प्रवत्ता विश्वप्रकाश शर्माले भने।
साथै, विप्लव समूहलाई हिंसात्मक राजनीति छाडेर शान्तिपूर्ण बाटोमा आउन समेत कांग्रेसले अपील गरेको छ।
प्रकाशित मिति: १९:५२ बजे, बिहीबार, मंसिर २५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











