Kathmandu Press

सरकारविरुद्ध देशव्यापी प्रदर्शनमा उत्रिन कांग्रेसको निर्देशन

काठमाडौं, मंसिर २५ : कांग्रेसले सरकारविरुद्ध देशव्यापीरुपमा प्रदर्शनमा उत्रिन कार्यकर्तालाई निर्देशन दिएको छ।आज सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले प्रदर्शनलाई देशव्यापी...
सरकारविरुद्ध देशव्यापी प्रदर्शनमा उत्रिन कांग्रेसको निर्देशन

काठमाडौं, मंसिर २५ : कांग्रेसले सरकारविरुद्ध देशव्यापीरुपमा प्रदर्शनमा उत्रिन कार्यकर्तालाई निर्देशन दिएको छ।

आज सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले प्रदर्शनलाई देशव्यापी बनाउन जिल्ला सभापतिहरुलाई निर्देशन दिएको हो। वरिष्ठ नेता रामचन्द्र पौडेललाई तहुँनमा गिरफ्तार गरेको विरोधमा कांग्रेसले मंसिर २९ गते प्रदर्शन गर्न लागेको हो।

त्यसको तयारीका लागि बसेको पदाधिकारी बैठकले विरोध प्रदर्शनलाई ७७ जिल्लामै प्रभावकारी बनाउने निर्णय गरेको छ। प्रतिकात्मक रुपमा सबै जिल्लामा प्रदर्शन गर्न निर्देशन दिइएको जनाएको छ।

मंसिर २९ गतेको कार्यक्रमलाई सुरुआतका रुपमा लिने र त्यसपछि पनि सरकारविरुद्ध खबरदारी जारी राख्ने निष्कर्ष निकालिएको कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले बताए। देशव्यापी प्रदर्शनपछि थप रणनीति बनाइने उनको भनाइ छ।

प्रकाशित मिति: १९:४५ बजे, बिहीबार, मंसिर २५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्