Kathmandu Press

मोरङमा कोरोना संक्रमणबाट तीन वृद्धको मृत्यु

विराटनगर, मंसिर २५ : कोरोना भाइरसको संक्रमणबाट मोरङमा तीन जना बृद्धको मृत्यु भएको छ। दुई जनाको अस्पतालमा र एक जनाको होम आइसोलेसनमा मृत्यु...
मोरङमा कोरोना संक्रमणबाट तीन वृद्धको मृत्यु

विराटनगर, मंसिर २५ : कोरोना भाइरसको संक्रमणबाट मोरङमा तीन जना बृद्धको मृत्यु भएको छ। दुई जनाको अस्पतालमा र एक जनाको होम आइसोलेसनमा मृत्यु भएको हो।

आज बिहान सुनसरीको रामधुनी–७ का ६३ वर्षीय वृद्धको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको छ। उनलाई मंसिर २३ गते अस्पताल भर्ना गरिएको थियो। उनको आज बिहान ५ बजे उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।

यस्तै, झापाको दमक नगरपालिका–१० का ६९ वर्षीय वृद्धको विराटनगरस्थित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा गएराति मृत्यु भएको छ। उनलाई गएराति ९ बजे नै अस्पताल ल्याएको थियो।

अस्पतालका अनुसारको ९ः५० मा मृत्यु भएको हो। राम्ररी उपचार गर्न नपाउँदै मृत्यु भएको जनाएको छ। उनलाई मधुमेह, उच्च रक्तचापको समस्या थियो।

त्यस्तै, मोरङको उर्लाबारी–१ का ८४ वर्षीय वृद्धको गएराति होम आइसोलेसनमा मृत्यु भएको छ।

स्वास्थ्यमा समस्या भएपछि उनलाई मंसिर २० गते विराटनगरस्थित ग्रीनक्रस अस्पताल भर्ना गरिएको थियो। उपचारका क्रममा स्वाब परीक्षण गर्दा मंसिर २२ गते संक्रमण पुष्टि भएको थियो।

कोरोना संक्रमण देखिएपछि परिवारका सदस्यले होम आइसोलनमै राख्ने जनाउँदै घर लगेका थिए। उनको गएराति ९ बजे घरमै मृत्यु भएको हो।

 

प्रकाशित मिति: १८:२९ बजे, बिहीबार, मंसिर २५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्