Kathmandu Press

ब्राजिलमा कोरोना भाइरसबाट करिब एक लाख ७९ हजारको मृत्यु

साओ पाओलो, मंसिर २५ : ब्राजिलमा कोरोना भाइरस (कोभिड–१९) बाट बुधबार ८३६ जनाको मृत्युपछि कुल मृतकको संख्या एक लाख ७८ हजार ९९५ पुगेको...
ब्राजिलमा कोरोना भाइरसबाट करिब एक लाख ७९ हजारको मृत्यु

साओ पाओलो, मंसिर २५ : ब्राजिलमा कोरोना भाइरस (कोभिड–१९) बाट बुधबार ८३६ जनाको मृत्युपछि कुल मृतकको संख्या एक लाख ७८ हजार ९९५ पुगेको छ।

ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार अहिलेसम्म अर्थात् बुधबार सम्ममा ब्राजिलमा कोरोनाको कारण एक लाख ७९ हजार ९९५ जनाको मृत्यु भएको छ। 

त्यसैगरी यहाँ गएको २४ घन्टा यता मात्र गरेको परीक्षणका क्रममा ५३ हजार ४५३ जनामा संक्रमण देखिएको पुष्टि भएको छ।
 
दक्षिण अमेरिकी यस देश कोरोनाबाट सबैभन्दा धेरै प्रभावित बनेको ब्राजिलमा अहिलेसम्म कोरोनाका ६७ लाख २८ हजार ४५२ जना सङ्क्रमित फेला परिसकेका छन्।

ब्राजिलमा पछिल्ला दिनमा कोभिडका कारण मृत्यु हुनेको संख्या बढ्दै गएको बताइएको छ। ब्राजिल अमेरिकापछि कोरोनाबाट मृत्यु हुनेको संख्याको आधारमा दोस्रो सबैभन्दा प्रभावित मुलुक हो।

ब्राजिलमा गत २४ घन्टामा ८३६ जना कोरोना भाइरसका संक्रमित बिरामीको ज्यान गएको पनि सो मन्त्रालयले जनाएको छ। केही महिना यतादेखिको मृत्यु संख्या हेर्दा एकै दिनमा भएको यो सबैभन्दा धेरै मृत्यु हो।

कोरोना नियन्त्रण गर्न नसकेको भन्दै  ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारोको आलोचना हुँदै आएको छ। यसैक्रममा पछिल्लो पटक झन् धेरै संक्रमित भेटिन थालेपछि उनको विरोध भएको हो।

यहाँ पछिल्लो समयमा मृत्यु हुनेको संख्यामा पनि वृद्धि हुने गरेको ब्राजिलका स्वास्थ्य अधिकारीले जनाएका छन्। उनीहरुले ब्राजिलमा कोरोनाको दोस्रो चरणको लहर आएको बताएका छन्।

प्रकाशित मिति: १८:२८ बजे, बिहीबार, मंसिर २५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्