Kathmandu Press

७० वर्षीया वृद्धाको बलात्कारपछि हत्या

काठमाडौं, मंसिर २५ : झापाको अर्जुनधारामा ७० वर्षीया वृद्धाको बलात्कारपछि हत्या भएको छ। मानसिक सन्तुलन गुमाएकी वृद्धा आइतबारदेखि बेपत्ता रहेकी थिइन्। उनको बिहीबार बिहान...
७० वर्षीया वृद्धाको बलात्कारपछि हत्या

काठमाडौं, मंसिर २५ : झापाको अर्जुनधारामा ७० वर्षीया वृद्धाको बलात्कारपछि हत्या भएको छ। 

मानसिक सन्तुलन गुमाएकी वृद्धा आइतबारदेखि बेपत्ता रहेकी थिइन्। उनको बिहीबार बिहान कल्भर्टमा शव फेला परेको हो। 

वृद्धाको शव जंगलको कल्भर्टमा बलात्कारपछि हत्या गरिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। 

प्रहरीले वृद्धाको बलात्कारपछि हत्याको आरोपमा एक जनालाई पक्राउ गरेको छ। पक्राउ परेका ३५ वर्षीय विशाल बिर्जाले आफूले बलात्कारपछि हत्या गरेको प्रहरी समक्ष स्वीकार गरेका छन्। 

वृद्धाको शव पोष्टमोर्टमका लागि मेची अस्पताल भद्रपुरमा लैजाने तयारी भइरहेको छ। 

प्रकाशित मिति: १८:०५ बजे, बिहीबार, मंसिर २५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्