Kathmandu Press

कोरोनाबाट पूर्वसांसद कमानसिंह लामाको निधन

काठमाडौं, मंसिर २५ : कोरोना भाइरसको संक्रमणबाट पूर्वसांसद कमानसिंह लामाको निधन भएको छ।उनको गएराति त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको हो। उनलाई दुई...
कोरोनाबाट पूर्वसांसद कमानसिंह लामाको निधन

काठमाडौं, मंसिर २५ : कोरोना भाइरसको संक्रमणबाट पूर्वसांसद कमानसिंह लामाको निधन भएको छ।

उनको गएराति त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको हो। उनलाई दुई साताअघि कोरोना संक्रमण भएको थियो।

स्वास्थ्यमा समस्या देखिएपछि १५ दिन अघि अस्पताल भर्ना गरिएको थियो। उपचारका क्रममा गएराति निधन भएको त्रिवि शिक्षण असपतालले जनाएको छ।

दक्षिण कोरियाका लागि पूर्वराजदूतसमेत रहेका लामा काभ्रेबाट वि.सं. २०४८ मा सांसद बनेका थिए। त्यस्तै २०६४ मा पनि संविधानसभा सदस्य बनेका थिए।

 

प्रकाशित मिति: १७:१४ बजे, बिहीबार, मंसिर २५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्