Kathmandu Press

सुर्खेतमा कोरोना संक्रमणबाट ८७ वर्षीय बृद्धको मृत्यु

वीरेन्द्रनगर, मंसिर २५ : कोरोना भाइरसको संक्रमणबाट सुर्खेतमा एक जना बृद्धको मृत्यु भएको छ।आज बिहान दैलेखको गुराँस गाउँपालिका–५ का ८७ वर्षीय बृद्धको प्रदेश...
सुर्खेतमा कोरोना संक्रमणबाट ८७ वर्षीय बृद्धको मृत्यु

वीरेन्द्रनगर, मंसिर २५ : कोरोना भाइरसको संक्रमणबाट सुर्खेतमा एक जना बृद्धको मृत्यु भएको छ।

आज बिहान दैलेखको गुराँस गाउँपालिका–५ का ८७ वर्षीय बृद्धको प्रदेश अस्पतालमा मृत्यु भएको हो। उनको उपचारका क्रममा बिहान ८ बजेतिर मृत्यु भएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

उनी बिरामी भएपछि मंसिर १५ देखि अस्पताल भर्ना भएका थिए। उपचारका क्रममा स्वाब परीक्षण गर्दा त्यहि दिन कोरोना संक्रमण देखिएको थियो।

श्वासप्रश्वासमा समस्या भएपछि उनलाई सुरुआतमै आईसीयूमा राखिएको थियो। अक्सिजनको मात्रा कम भएपछि उपचारका क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ।

उनको ज्वरोसँगै श्वासप्रश्वासमा समस्या रहेको थियो। उनी मधुमेह रोगबाट पीडित थिए।

योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २१ पुगेको छ।

प्रकाशित मिति: १६:१७ बजे, बिहीबार, मंसिर २५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्