Kathmandu Press

आजको मौसम देशका अधिकांश स्थानको मौसममा बदली

काठमाडौं, मंसिर २५ : पश्चिमी वायुको प्रभावका कारण बिहीबार देशका अधिकांश स्थानको मौसम बदली हुनेछ।  बिहीबार दिउँसो प्रदेश नं १, प्रदेश नं २...
आजको मौसम देशका अधिकांश स्थानको मौसममा बदली

काठमाडौं, मंसिर २५ : पश्चिमी वायुको प्रभावका कारण बिहीबार देशका अधिकांश स्थानको मौसम बदली हुनेछ।  

बिहीबार दिउँसो प्रदेश नं १, प्रदेश नं २ र वाग्मति प्रदेशका भूभागहरूमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहनेछ।

प्रदेश नम्बर १ का पहाडी एक दुई स्थानमा हल्का वर्षा र हिमाली तथा उच्च पहाडी भेगमा हिमपात हुने सम्भावना रहेको छ। आज तराई क्षेत्रमा बाक्लो हुस्सु लागेको छ।

काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम आज बिहान १० डिग्री सेल्सियस मापन भएको महाशाखाले जनाएको छ। 

प्रकाशित मिति: १४:३५ बजे, बिहीबार, मंसिर २५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्