Kathmandu Press

अमिताभदेखि रजनीकान्तसम्म राजनीतिमा : कोही पास, कोही फेल

राजनीतिमा आउने रजनीकान्त पहिलो बलिउड स्टार भने होइनन्, थुप्रै बलिउड स्टार राजनीतिमा आएका छन्। बिग बी अमिताभदेखि गोविन्दासम्म राजनीतिमा होमिएका छन्। राजनीतिमा आएका कोही कालाकार सफल भएका छन् भने केही भने असफल भएका छन्।
अमिताभदेखि रजनीकान्तसम्म राजनीतिमा : कोही पास, कोही फेल

काठमाडौं, मंसिर २४ : डिसेम्बर ३ मा साउथ इन्डियन फिल्म उद्योगका सुपरस्टार रजनीकान्तले राजनीतिक पार्टी खेल्ने निर्णय गरे। उनको पार्टीको आधिकारिक घोषणा भने ३० डिसेम्बरमा हुने बताइएको छ।

राजनीतिमा आउने रजनीकान्त पहिलो बलिउड स्टार भने होइनन्, थुप्रै बलिउड स्टार राजनीतिमा आएका छन्। बिग बी अमिताभदेखि गोविन्दासम्म राजनीतिमा होमिएका छन्। राजनीतिमा आएका कोही कालाकार सफल भएका छन् भने केही भने असफल भएका छन्। कतिले त राजनीतिलाई त्यागेका पनि छन्।

कालकारितामा ख्याति कमाएर राजनीतिमा आएका केही कालाकारबारे हामीले चर्चा गर्दैछौँ।

Hardik ivf

 अमिताभ बच्चन

बलिउड महानायक अमिताभ बच्चन ८० को दशकमा गान्धी परिवारसँग नजिक थिए। यही क्रममा अमिताभले इलाहवादबाट लोकसभा निर्वाचन लडे र उत्कृष्ट जित हात पारे। चुनावमा जित हात पारे पनि राजनीतिमा भिज्न नसकेपछि ‘बिग बी’ले राजनीतिलाई चाँडै त्यागे। त्यसपछि उनी कहिल्यै राजनीतिमा फर्किएनन्, कलाकारितामै सक्रिय रहे।

 
हेमा मालिनी 

बलिउडमा ‘ड्रिम गर्ल’का रुपमा परिचित हेमा मालिनी राजनीतिमा पनि परिचित अनुहार हो। उनी सन् २००३ देखि भारतीय जनता पार्टी (भाजपा)मा सक्रिय छिन्। सन् २००३ मा राज्यसभा निर्वाचन जितेकी हेमा मालिनी अहिले मथुरामा लोकसभा सांसद् छिन्।

गोविन्दा

९० को दशकका सबैभन्दा लोकप्रिय कलाकार हुन् गोविन्दा। कमेडीवेशमा बलिउड फिल्ममा उनी त्यसबेला खुबै छाएका थिए। गोविन्दा पनि राजनीतिबाट अछुतो रहन सकेनन्। सन् २००४ मा उनी राजनीतिमा होमिए। उनले कांग्रेसबाट मुम्बईमा लोकसभा निर्वाचन लडे, जित पनि हात पारे।

फिल्मी करिअरमा खासै विवादमा नआएका गोविन्दा राजनीतिमा भने पटक पटक विवादमा आए। उनी कहिले नक्कली प्रमाणपत्र त कहिले गलत निर्णयका कारण विवादमा तानिए। सोही कारण गोविन्दामा राजनीतिप्रति वितृष्णा पैदा भयो। फलस्वरुप उनले सन् २००८ मा राजनीतिलाई सदाका लागि त्यागे।


धर्मेन्द्र 

८० को दशकमा बलिउडमा अमिताभसँगै धर्मेन्द्रको पनि उत्तिकै बोलवाला थियो। अमिताभ र गोविन्दाजस्तै उनी पनि राजनीतिमा आए, तर त्यति धेरै रुचि नभएकाले उनी कलाकारितामा जस्तै राजनीतिमा लामो समय टिक्न सकेनन्।

सन् २००४ को लोकसभा निर्वाचनमा जित हासिल गरेका धर्मेन्द्रले सांसदका रुपमा एक कार्यकाल पनि पूरा गर्न असमर्थ रहे। उनको कार्यकालमा राजनीतिमा रुची नदेखिएको स्पष्ट देखिएको थियो, सोही कारण उनले सांसद बनेको केही समयमै राजनीतिलाई छोड्दै धर्मेन्द्र कलाकारितामै केन्द्रित रहे।

 

शत्रुघ्न सिन्हा

अभिनेता शत्रुघ्न सिन्हा ३० वर्षदेखि राजनीतिमै सक्रिय छन्। भाजपाबाट राजनीतिक यात्रा थालेका सिन्हा अहिले कांग्रेस आईमा आबद्ध छन्। गत निर्वाचनमा टिकट नपाएपछि उनले भाजपा परित्याग गरेका हुन्। उनले अर्का कलाकार राजेश खन्नाविरुद्ध चुनाव लड्दै राजनीति यात्रा थालनी गरेका थिए। तर, उनी सो चुनावमा पराजित भएका थिए। त्यसपछि उनी दुई पटक सांसद निर्वाचित भएका छन्। सिन्हा सन् २००२ मा अटल बिहारी बाजपेयीको सरकारमा क्याबिनेट मन्त्री पनि भएका थिए।

रेखा

अन्य कलाकार जस्तै एक जमानाकी चर्चित अभिनेत्री रेखालाई पनि राजनीतिमा आकर्षित भइन्। कलाकारितामा जस्तो उनको आकर्षण राजनीतिमा भने रहेन। सन् २०१२ मा रेखा राज्यसभाकी सांसद बनिन् र अहिले पनि राजनीतिमै छिन्। तर, राजनीतिमा त्यतिधेरै रुचि नभएकाले उनी राज्यसभामा कमै मात्र देखिन्छिन्।


 

उर्मिला तामोन्डकर

रंगीला, जुधईजस्ता थुप्रै उत्कृष्ट फिल्मा अभिनय गरेकी अभिनेत्री उर्मिला तामोन्डकर सन् २०१९ बाट राजनीतिमा आइन्। कांग्रेस आईबाट लोकसभा निर्वाचन लेडेकी उनी भारतीय जनता पार्टी (भाजपा) का गोपाल सेट्टीसँग पराजित भइन्। लोकसभामा पराजित भएलत्तै उर्मिलाले कांग्रेस पार्टीबाट राजीनामा दिएर शिवसेनामा सहभागी भइन्। 


जया प्रदा
जया प्रदा कलाकारितासँगै राजनीतिमा पनि चर्चित नाम हो। उनले दक्षिण भारतको पार्टी तेलगु देशमबाट राजनीतिक करिअरको सुरुवात गरेकी थिइन्। उनी पहिलो पटक सन् १९९६ मा पहिलो पटक राज्यसभा सांसद बनेकी थिइन्। केही वर्षपछि नै जया प्रदा दक्षिण भारत छाड्दै उत्तर प्रदेशको समाजवादी पार्टीमा आबद्ध भइन्। यही पार्टीबाट उनी दुई पटक सांसद बनिसकेकी छिन्। 


 

जया बच्चन
थुप्रै ब्लकबस्टर फिल्ममा अभिनय गरिसकेकी जया बच्चन भारतीय राजनीतिको परिचित नाम हो। समाजवादी पार्टीमा आबद्ध उनी सन् २००४ बाट लगातार सांसद निर्वाचित भइरहेकी छिन्। राजनीतिमा उल्लेख्य काम गरेवापत उनलाई भारत सरकारले पद्मश्री अवार्ड पनि प्रदान गरेको छ।

-दैनिक भास्करबाट अनुवादित

 


 

प्रकाशित मिति: ०१:२३ बजे, बिहीबार, मंसिर २५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्