Kathmandu Press

गणतन्त्रवादीहरुको नालायकीपनले असन्तुष्टि सडकमा पोखियो : रवीन्द्र मिश्र

काठमाडौं, मंसिर २४ : नवगठित विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले गणतन्त्रवादीहरुको भ्रष्ट चरित्र र नालायकीपनले गर्दा जनताको असन्तुष्टि सडकमा पोखिएको बताएका छन्। आज...
गणतन्त्रवादीहरुको नालायकीपनले असन्तुष्टि सडकमा पोखियो : रवीन्द्र मिश्र

काठमाडौं, मंसिर २४ : नवगठित विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले गणतन्त्रवादीहरुको भ्रष्ट चरित्र र नालायकीपनले गर्दा जनताको असन्तुष्टि सडकमा पोखिएको बताएका छन्। 

आज दिउँसो भएको साझा पार्टी र विवेकशील नेपाली दलबीचको पार्टी एकता कार्यक्रममा उनले राजतन्त्रको पक्षमा भइरहेका विभिन्न आन्दोलनलाई ‘प्रतिगमन सल्बलाएको’भनेर पन्छन नमिल्ने बताएका हुन्।

‘दृष्टिकोण मिले पनि नमिले पनि शान्तिपूर्ण रुपमा हुने आन्दोलनलाई सम्मान गर्नुपर्छ,’ उनले भने, ‘दुई तिहाई मत ल्याएर सर्वशक्तिमान बनेको सरकारले राम्रोसँग काम गरिदिएको भए आज सडकमा कोही पनि निस्कनु पर्ने थिएन।’

साझा र विवेकशील पार्टीबीच आज एकता भएर विवेकशील साझा पार्टी बनेको छ।  नवनिर्मित पार्टीमा मिश्र अध्यक्ष र मिलन पाण्डे संयोजक छन्।

प्रकाशित मिति: २३:१२ बजे, बुधबार, मंसिर २४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्