Kathmandu Press

गलकोटकाे कोतघर संरक्षण गरिने

बागलुङ, मंसिर २४ : गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले ऐतिहासिक गलकोट कोतघरको संरक्षण र विकासमा प्रदेश सरकारले लगानी गर्ने...
गलकोटकाे कोतघर संरक्षण गरिने

बागलुङ, मंसिर २४ : गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले ऐतिहासिक गलकोट कोतघरको संरक्षण र विकासमा प्रदेश सरकारले लगानी गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

गलकोट नगरपालिका–३ स्थित ऐतिहासिक गलकोट कोतघरको अवलोकनपछि आज उनले पर्यटनको विकासका लागि सरकारले पूर्वाधार बनाउने, निजी क्षेत्रले लगानी गर्ने र नागरिक समाजले सकारात्मक प्रचार गर्नुपर्ने बताएका हुन्।

‘खोप आएर कोभिड व्यवस्थापन हुनासाथ विदेशी पर्यटक घुम्नका लागि नेपाल आउन चाहन्छन्, त्यो अवसर छोपौँ, पूर्वाधार बनाऔँ,’ मन्त्री लम्सालले भने। मन्त्री लम्सालले बागलुङको पर्यटनले फड्को मार्ने गरी योजना अघि बढाइने पनि बताए। उनले सहस्रधारा झरना र ऐतिहासिक गलकोट दरबारसमेत अवलोकन गरेका थिए। मन्त्री लम्सालले आजै गलकोट कोभिड–१९ अस्थायी अस्पताल र नगर अस्पतालको पनि उद्घाटन गरेका छन्। वडा नं ५ हरिचौरमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई नगर अस्पतालका रुपमा स्तरोन्नति गरिएको हो।

प्रकाशित मिति: २३:०० बजे, बुधबार, मंसिर २४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्