Kathmandu Press

साझा र विवेकशील नेपाली दलबीच एकता

काठमाडौं, मंसिर २४ : साझा पार्टी र विवेकशील नेपाली दलबीच पार्टी एकीकरण भएको छ। पार्टी विभाजन भएको २२ महिनापछि बुधबार साझा र विवेकशील नेपाली...
साझा र विवेकशील नेपाली दलबीच एकता

काठमाडौं, मंसिर २४ : साझा पार्टी र विवेकशील नेपाली दलबीच पार्टी एकीकरण भएको छ। 

पार्टी विभाजन भएको २२ महिनापछि बुधबार साझा र विवेकशील नेपाली दलबीच पार्टी एकीकरण भएको हो। एकीकरणपछि बनेको विवेकशी साझा पार्टीको अध्यक्ष रविन्द्र मिश्र र संयोजक मिलन पाण्डेले रहने गरी सहमति भएको हो। 

यस्तै, एकीकृत पार्टीको चुनाव चिन्ह तराजु नै रहनेछ। यस्तै, १३० सदस्यीय केन्द्रीय समितिमा दुवै पार्टीबाट ६५–६५ जना रहने सहमति भएको छ। यसैगरी, केन्द्रीय समितिको पहिलो बैठकले दुवै पक्षबाट १३–१३ जना रहने गरी २६ सदस्यीय केन्द्रीय सचिवालय गठन गरेको छ।

पार्टी एकतापछि गरिने संगठन संरचना गठन, पुनर्गठन र समायोजनको काम दुई महिनामा सकेर ६ महिनाभित्र एकता महाधिवेशन गर्ने सहमति दुई पार्टीबीच भएको छ।
 

प्रकाशित मिति: २२:०४ बजे, बुधबार, मंसिर २४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्