Kathmandu Press

राज्य व्यवस्था समितिले सरकारलाई भन्यो- एआईजीको दरबन्दी थप्ने निर्णय कार्यान्वयन नगर्नू

काठमाडौं, मंसिर २४ : संसदीय समितिले सरकारलाई नेपाल प्रहरीको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को दरबन्दी थप गर्ने निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएको छ। बुधबार...
राज्य व्यवस्था समितिले सरकारलाई भन्यो- एआईजीको दरबन्दी थप्ने निर्णय कार्यान्वयन नगर्नू

काठमाडौं, मंसिर २४ : संसदीय समितिले सरकारलाई नेपाल प्रहरीको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को दरबन्दी थप गर्ने निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएको छ। 

बुधबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिको बैठकले एक जना एआईजीको दरबन्दी थप गर्ने निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएको समितिका सदस्य एवम् नेकपा सांसद झपट रावलले जानकारी दिए।

यसअघि गत मंसिर ३ गते बसेको मन्त्रिपरिषद्‍को बैठकले एक जना एआईजीको दरबन्दी थपेर प्रहरीको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम) स्वीकृत गरेको थियो। 

एआईजीको दरबन्दी थप भएसँगै मंसिर १५ गते बसेको बढुवाका लागि बढुवा समितिको बैठकले डीआईजी विश्वराज पोखरेलको नाम सिफारिस गरिसकेको छ।  एक जना एआईजीको दरबन्दी थप गर्ने निर्णयविरुद्ध राज्य व्यवस्था समितिमा उजुरी परेको थियो।

उजुरी परेपछि बुधबारको बैठकमा समितिले गृहमन्त्री रामबहादुर थापा बादललाई छलफलका लागि बोलाएको थियो। 

 

प्रकाशित मिति: २१:१० बजे, बुधबार, मंसिर २४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्