गृह मन्त्रालयमा सुरक्षा समितिको बैठक, विप्लव र राजावादीको गतिविधिबारे समीक्षा हुने
काठमाडौं, मंसिर २४ : पछिल्लो समय नेत्र विक्रम चन्द ‘विप्लव’ समूह र राजावादी सक्रिय भएपछि गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ। ...
काठमाडौं, मंसिर २४ : पछिल्लो समय नेत्र विक्रम चन्द ‘विप्लव’ समूह र राजावादी सक्रिय भएपछि गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ। विप्लव र राजावादीहरुको गतिविधि समीक्षा गर्न गृह मन्त्री रामबहादुर थापाको अध्यक्षतामा सुरक्षा प्रमुखहरुसहितको बैठक बसेको हो।
बैठकमा विप्लव समूहका आपराधिक गतिविधि नियन्त्रण गर्न र राजावादीहरुको गतिविधिबारे समिक्षा हुनेछ। बैठकमा प्रहरी महानिरीक्षक शैलश थापा क्षेत्री,सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल,राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीलगायत उच्च सुरक्षा अधिकारीहरु सहभागी छन्।
मंगलबार मोरङको मिक्लाजुङस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको विप्लव समूहले हत्या गरेको थियो। घरैबाट अपहरण गरी लगेका शिक्षकलाई घर नजिकैको जंगलमा घाँटी रेटी हत्या गरेका थिए।
त्यस्तै, पछिल्ला दिनहरुमा देशको विभिन्न सहरमा ‘राजसंस्था’ को पक्षमा प्रदर्शन भइरहेको छ। कोरोना महामारीको समयमा सभा सम्मेलन तथा भेला नगर्न आदेश जारी गरेपनि युवाहरुको समूले प्रदर्हन गर्दै आएका छन्।











