Kathmandu Press

कास्की र बुटवलमा थप दुई कोरोना संक्रमितको मृत्यु

काठमाडौं, मंसिर २४ : कोरोना संक्रमणको कारण कास्की र बुटवलमा एक एक जनाको मृत्यु भएको छ। कास्कीको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा पोखरा महानगरपालिका–१३ का...
कास्की र बुटवलमा थप दुई कोरोना संक्रमितको मृत्यु

काठमाडौं, मंसिर २४ : कोरोना संक्रमणको कारण कास्की र बुटवलमा एक/एक जनाको मृत्यु भएको छ। 

कास्कीको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा पोखरा महानगरपालिका–१३ का ७७ वर्षीय पुरूषको मृत्यु भएको हो। 

मंसिर २२ गते कोरोना संक्रमण पुष्टि भएको उनको बुधबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ।

त्यस्तै, रूपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालद्वारा सञ्चालित कोरोना विशेष अस्पतालमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ।

अर्घाखाँचीको धारापानी–४ का ४० वर्षीय पुरूषको मंगलबार राति मृत्यु भएको हो।

उनमा मंसिर १७ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

प्रकाशित मिति: १९:२८ बजे, बुधबार, मंसिर २४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्