Kathmandu Press

सूचनाको हक मानवअधिकारको प्रत्याभूति दिलाउने अनिवार्य शर्त हो : मन्त्री गुरुङ

काठमाडौं, मंसिर २४ : सञ्चार तथा सूूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकारले मानवाधिकार सुनिश्चित हुने गरी सूचना प्रविधिको विकासमा जोड दिएको बताएका छन्। ७२औं अन्तरराष्ट्रिय...
सूचनाको हक मानवअधिकारको प्रत्याभूति दिलाउने अनिवार्य शर्त हो : मन्त्री गुरुङ

काठमाडौं, मंसिर २४ : सञ्चार तथा सूूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकारले मानवाधिकार सुनिश्चित हुने गरी सूचना प्रविधिको विकासमा जोड दिएको बताएका छन्। ७२औं अन्तरराष्ट्रिय मानव अधिकार दिवसका अवसरमा यहाँ आज आयोजित ‘भर्चुअल’ कार्यक्रममा मन्त्री गुरुङले मानवाधिकार हनन नहुने गरी जनतालाई सुुसूचित गराउन गाउँगाउँमा इन्टरनेट सेवा विस्तारलाई प्राथमिकताका साथ अघि बढाइएको बताए।

मन्त्री गुरुङले भने, ‘सूचनाको हक मानवअधिकारको प्रत्याभूति दिलाउने अनिवार्य शर्त हो, त्यसलाई प्रभावकारी रुपमा अघि बढाउन मानवअधिकारकर्मी र सञ्चारकर्मीको भूमिका महत्वपूर्ण हुन्छ।’ अर्को प्रसङ्गमा सरकारका प्रवक्ता गुरुङले खोपको उपभोग नेपाली जनताले पनि छिट्टै पाउने गरी आवश्यक व्यवस्था मिलाउन सरकार लागिपरेको जानकारी दिए।

मन्त्री गुुरुङले जनतालाई निराश हुन नदिन तथा उनीहरुलाई राष्ट्र निर्माणका अभियानमा सम्पूर्ण रुपले सहभागी गराउन सरकारले पहल गरिरहेको बताउँदै त्यस अभियानमा मानवाधिकारकर्मीको साथ र सहयोग सदैव रहिरहने विश्वास व्यक्त गरे।

प्रकाशित मिति: १८:४८ बजे, बुधबार, मंसिर २४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्