Kathmandu Press

आफ्नो कार्यकालको सय दिनमा १० करोडलाई खोप दिने बाइडेनको घोषणा

काठमाडौं, मंसिर २४ : अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडनले आफूले पद सम्हालेको पहिलो एक सय दिनमा १० करोडलाई खोप दिइसक्ने लक्ष्य राखेको बताएका...
आफ्नो कार्यकालको सय दिनमा १० करोडलाई खोप दिने बाइडेनको घोषणा

काठमाडौं, मंसिर २४ : अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडनले आफूले पद सम्हालेको पहिलो एक सय दिनमा १० करोडलाई खोप दिइसक्ने लक्ष्य राखेको बताएका छन् ।

उनले आफ्नो कार्यकालका सुरुवाती महिनामा महामारी अन्त्य नहुने तर आफूले त्यसबिचमा कोभिड १९ को बाटो भने मोड्ने बताए । २० ज्यानुअरीमा कार्यकाल सुरु गर्दाका लागि उनको साथमा हुने आफ्नो स्वास्थ्य कार्यदललाई परिचय गराउँदै बाइडनले अमेरिकीलाई १०० दिनसम्म मास्क लगाउन आग्रह गरे ।

यद्यपी, उनले आफ्ना रणनीतिबारे थप बताएका छैनन् । मङ्गलवार नै अमेरिकी नियामकले फाइजर र बायोएनटेकको खोप ९५ प्रतिसतसम्म प्रभावकारी रहेको पुष्टि गरेको छ। त्यसले अब उक्त खोप आपत्कालिन प्रयोगका लागि स्वीकृति दिन सकिने बाटो खोलेको छ।

खाद्य तथा औषधि निकाय एफडिएले सुरक्षाका कारण फाइजररबायोएनटेकको खोपलाई स्वीकृति दिन रोक्नुपर्ने कुनै कारण नभेटिएको जनाएको हो। यूकेमा गतसाता स्वीकृति दिएर धेरै जनामा लगाउन सुरु गरिसकिएको यो खोपबारे अमेरिकाले पहिलोपटक यो तहमा बोलेको हो।

प्रकाशित मिति: १४:३२ बजे, बुधबार, मंसिर २४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्