Kathmandu Press

हङकङमा कोभिड–१९ नियन्त्रणका लागि पुनः थप कडाइ गर्दै

काठमाडौं, मंसिर २४ : हङकङले कोभिड नियन्त्रणका लागि थप कडाई गर्ने बताएको छ ।हङकङमा कोभिड–१९ को सङ्क्रमण बढ्न थालेपछि नियन्त्रणका लागि सामाजिक दूरी...
हङकङमा कोभिड–१९ नियन्त्रणका लागि पुनः थप कडाइ गर्दै

काठमाडौं, मंसिर २४ : हङकङले कोभिड नियन्त्रणका लागि थप कडाई गर्ने बताएको छ ।

हङकङमा कोभिड–१९ को सङ्क्रमण बढ्न थालेपछि नियन्त्रणका लागि सामाजिक दूरी लगायतका सङ्क्रमण नियन्त्रणका उपायलाई मङ्गलबारदेखि थप कडाई गर्न लागेको हङकङ विशेष प्रशासननिक क्षेत्रका प्रमुख कार्यकारी क्यारी लामले बताएका छन् ।

Hardik ivf

महामारी फैलिने सम्भावना बढ्दै गएपछि नियन्त्रणका लागि हङकङले रेष्टुरेण्टका सेवाहरूलाई साँझ ६ बजेपछि रोक लगाएको छ । हङकङमा गत हप्ताभरीमा ६६१ जना सङ्क्रमित भएको बताइएको छ ।

सङ्क्रमितहरूमा पाका उमेरका व्यक्ति मात्र नभई अधबैसै तथा किशोरकिशोरीका साथै केही बालबालिका पनि रहेको उनले बताए । 

प्रकाशित मिति: १३:१० बजे, बुधबार, मंसिर २४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्