विप्लवको अपहरणमा परेका शिक्षकको घाँटी रेटी हत्या
काठमाडौं, मंसिर २३ : मोरङको मिक्लाजुङ गाउँपालिका १ बर्खेका ५४ वर्षीय शिक्षक राजेन्द्र श्रेष्ठको घाँटी रेटिएको अवस्थामा फेला परेको छ। मंगलबार बिहान नेत्र विक्रम...
काठमाडौं, मंसिर २३ : मोरङको मिक्लाजुङ गाउँपालिका १ बर्खेका ५४ वर्षीय शिक्षक राजेन्द्र श्रेष्ठको घाँटी रेटिएको अवस्थामा फेला परेको छ।
मंगलबार बिहान नेत्र विक्रम चन्द ‘विप्लव’ समूहका पाँच जनाले घरबाटै अपहरण गरी लगेका श्रेष्ठको शव बर्खे जंगलमा फेला परेको हो।
यसअघि प्रहरीले उनको गोली हानी हत्या गरेको बताएपनि घटनास्थल पुगेको प्रहरीले श्रेष्ठको घाँटी रेटेर हत्या भएको अवस्थामा शव फेला पारेको हो।
श्रेष्ठको हात अगाडि बाँधेर आधा घाँटी रेटेको अवस्थामा शव फेला पारेको प्रहरीले जनाएको छ।
श्रेष्ठलाई सुराकीको आरोपमा बिहान ६ बजे घरैबाट विप्लवका कार्यकर्ताले अपहरण गरेका थिए।
प्रकाशित मिति: २३:०५ बजे, मंगलबार, मंसिर २३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











