Kathmandu Press

जग्गाको कित्ताकाट खोल्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

काठमाडौं, मंसिर २३ : सर्वोच्च अदालतले जग्गाको कित्ताकाट खोल्ने निर्णय कार्यान्वयन नगर्न सरकारलाई आदेश दिएको छ।मंगलबार प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र न्यायाधीश मनोजकुमार...
जग्गाको कित्ताकाट खोल्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

काठमाडौं, मंसिर २३ : सर्वोच्च अदालतले जग्गाको कित्ताकाट खोल्ने निर्णय कार्यान्वयन नगर्न सरकारलाई आदेश दिएको छ।

मंगलबार प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र न्यायाधीश मनोजकुमार शर्माको संयुक्त इजलाशले सरकारको जग्गा कित्ताकाट खोल्ने निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो। 

गत भदौ १८ गते भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयले रोक्का रहेको जग्गाको कित्ताकाट खुलाउने निर्णय गरेको थियो। सरकारको त्यस्तो निर्णयपछि अधिवक्ता सन्तोष भण्डारीले खेतीयोग्य जग्गाको कित्ताकाट खोल्ने सरकारको निर्णयविरुद्ध  गत २०७७ भदौ २८ गते रिट दायर गरेका थिए। 

यसअघि गत भदौ २९ गते सर्वोच्चले  कित्ताकाट खोल्ने मन्त्रालयको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी दिएको थियो।
 

प्रकाशित मिति: २२:४२ बजे, मंगलबार, मंसिर २३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्