Kathmandu Press

सर्वोच्च शिखर सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढ्यो

काठमाडौं,मंसिर २३ : विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढेको छ।मंगलबार नेपाल र चीनले एकैपटक सार्वजनिक गरेको सगरमाथाको नयाँ उचाई अब ८८४८.८६...
सर्वोच्च शिखर सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढ्यो

काठमाडौं,मंसिर २३ : विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढेको छ।

मंगलबार नेपाल र चीनले एकैपटक सार्वजनिक गरेको सगरमाथाको नयाँ उचाई अब ८८४८.८६ मिटर पुगेको छ। 

नापी विभागमा आज आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सगरमाथाको नयाँ उचाई घोषणा गरेका थिए। 

सगरमाथाको उचाई नेपाल र चीनले छुट्टाछुटुटै मापन गरेको थियो। मंसिर १० गते बसेको मन्त्रिपरिषद् बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई सगरमाथाको नयाँ उचाइ सार्वजनिक गर्न स्वीकृति दिएको थियो। चीनसँग समन्वय भने परराष्ट्रय मन्त्रालयले गरेको हो।

यसअघिको सगरमाथाको उचाई ८८४८ मिटर मापन गरिएको थियो।

प्रकाशित मिति: २०:०० बजे, मंगलबार, मंसिर २३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्