Kathmandu Press

संविधानविरोधी गतिविधि रोक्न एकजुट हौं : प्रधानमन्त्री ओली

काठमाडौं, मंसिर २३ : प्रधानमन्त्री केपी शर्मा ओलील्े संविधानविरोध गतिविध रोक्न सबै एकजुट हुनुपर्ने बताएका छन्।प्रधानमन्त्री निवास बालुवाटारमा जारी सर्वदलीय बैठकको सुरुआतमा बोल्दै...
संविधानविरोधी गतिविधि रोक्न एकजुट हौं : प्रधानमन्त्री ओली

काठमाडौं, मंसिर २३ : प्रधानमन्त्री केपी शर्मा ओलीले  संविधानविरोधी गतिविध रोक्न सबै एकजुट हुनुपर्ने बताएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी सर्वदलीय बैठकको सुरुआतमा बोल्दै प्रधानमन्त्री ओलीले पछिल्लो समयमा देशभर भइरहेका संविधानविरोधी र हिंसात्मक गतिविधि रोक्न गणतन्त्र पक्षधर सबै एक हुनुपर्ने बताए। उनले भने, 'अहिले देशका विभिन्न ठाउँमा संविधानविरोध र हिन्सात्मक गतिविधि भइरहेका छन्, यसलाई रोक्न सबै एकजुट हौं।'

सर्वदलीय बैठकको सुरुआतमा प्रधानमन्त्री ओलीले बैठकका एजेन्डा राखेका थिए। त्यस क्रममा उनले पछिल्लो समय देशभर भइरहेका गतिविधिबारे छलफल गर्न बैठक बोलाएको बताएका थिए।

यस अघि वैशाख ३१ गते पनि प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाएका थिए। त्यतिवेला नेपाल र भारतबीच लिम्पियाधुरा, कालापानी र लिपुलेकमा सीमा विवादबारे छलफलल भएको थियो।

आजको बैठकमा संघीय ससदमा प्रतितिधित्व गर्ने सबै दलका प्रमुख तथा प्रतिनिधि सहभागी रहेका छन्।

प्रकाशित मिति: १९:३७ बजे, मंगलबार, मंसिर २३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्