Kathmandu Press

तीन देशका लागि राजदूत सिफारिश

काठमाडौं, मंसिर २३ : सरकारले तीन देशका लागि राजदूत सिफारिस गरेको छ।आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले श्रीलंका, दक्षिण कोरिया र...
तीन देशका लागि राजदूत सिफारिश

काठमाडौं, मंसिर २३ : सरकारले तीन देशका लागि राजदूत सिफारिस गरेको छ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले श्रीलंका, दक्षिण कोरिया र इजिप्टका लागि राजदूत सिफारिस गरेको हो।

एक मन्त्रीका अनुसार मन्त्रिपरिषद्ले बैठकले श्रीलंकाका लागि रमेशचन्द्र पौडेल, दक्षिण कोरियाका लागि डा. कृष्णचन्द्र शर्मा र इजिप्टका लागि निर्मलराज सुवेदीको नाम सिफारिस गरेको छ।

आज सर्वदलीय बैठक अघि मन्त्रिपरिषद् बैठक बसेको थियो। बैठकले गरेका अन्य निर्णयबारे नियमित पत्रकार सम्मेलनमा जानकारी दिइने जनाएको छ।

प्रकाशित मिति: १९:१७ बजे, मंगलबार, मंसिर २३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्