Kathmandu Press

बेलायतले सुरु गर्‍यो कोरोनाविरुद्धको खोप, पहिलो खोप लगाउने ९० वर्षीया महिला

बेलायत फाइजरको खोप मानिसमा लगाउने पहिलो मुलुक हो।
बेलायतले सुरु गर्‍यो कोरोनाविरुद्धको खोप, पहिलो खोप लगाउने ९० वर्षीया महिला

काठमाडौं, मंसिर २३ : बेलायतकी ९० वर्षीया महिला कोरोना भाइरसको खोप लिने पहिलो व्यक्ति भएकी छन्। 

उत्तरी आयरल्याण्डकी ९० वर्षीया मर्गरिट किनान फाइजर र बायोनटेकले उत्पान गरेको कोरोनाको खोप परीक्षणपछि लगाउने पहिलो व्यक्ति हुन्। 

बेलायतले आजदेखि देशभर कोरोनाविरुद्धको फाइजरको खोप लगाउने अभियानको सुरुवात गरेको छ। उनले युनिभर्सिर्टी हस्पिटल, कभेन्टीमा खोप लिएपछि आफुले विषेश सुविधा प्राप्त गरेको अनुभव गरेको प्रतिक्रिया दिएकी छन्। उनले आज बिहान बेलायती समय अनुसार साढे ६ बजे कोरोनाको खोप लगाएकी हुन्। 

बेलायतले पहिलो चरणमा ८० वर्षमाथि उमेर भएका र स्वास्थ्यकर्मीलाई ८ लाख खोप लगाउने अभियान सुरु गरेको छ। काेरोनाको खोप औपचारिक रुपमा लगाउने बेलायत पहिलो मुलुक हो।

प्रकाशित मिति: १९:१० बजे, मंगलबार, मंसिर २३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्